मुख्यसचिव अर्यालले डा. पाण्डेलाई बनाए पर्यटनसचिव, शिक्षामा पुगे डा. काफ्ले


काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्यालले डा. गणेशप्रसाद पाण्डेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाएका छन् । अर्याल कै जोडबलमा डा. पाण्डे पर्यटन सचिव बनेको स्रोतले बतायो ।  पर्यटन सचिव डा. दिपक काफ्ले भने शिक्षामा पुगेका छन् ।

मुख्यसचिव अर्यालले पर्यटनसचिव काफ्लेको अवधि पुगेको छैन भनेर अरुलाई पर्यटनमा जान रोक्दै आएका थिए । पर्यटनमन्त्री हितबहादुर तामाङले भन्दापनि अर्को सचिव पठाउनु हुँदैन भन्ने अड्डी कसेका मुख्यसचिव अर्यालले आफ्ना विश्वासपात्र डा. पाण्डेलाई पर्यटनसचिव बनाएर पठाउन सफल भएका हुन् । अर्यालले पाण्डेलाई पर्यटनमा पठाउन खोज्दा मन्त्री तामाङले अस्वीकार गर्दै आएका थिए । अहिले भने उनलाई पर्यटनसचिव बनाउन मुख्यसचिव अर्याल सफल भएका छन् ।  अवधि नपुगेको भनेर रोकिएका सचिव डा. काफ्ले पाण्डे आएपछि शिक्षामा पुऱ्याइएका छन् । यो सबै मुख्यसचिव अर्यालको खेल भएको भन्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चर्चा हुन थालेको छ । शिक्षा सचिव सुरेश अधिकारीले अनिवार्य अवकाश पाएपछि उक्त ठाउँमा डा. काफ्लेलाई लगेर डा. पाण्डेका लागि ठाउँ खाली गराइएको हो ।

यस्तै उपराष्ट्रपतिको कार्यालयको सचिवमामा राधिका अर्यालको सरुवा भएको छ । मुकुन्दप्रसाद निरौलाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएपछि उक्त ठाउँ रिक्त थियो । त्यस्तै वन तथा वातावरण मन्त्रालयमा गोविन्दप्रसाद शर्माको सरुवा भएको हो । वन मन्त्रालयका सचिव दिपक खरालको पशुपन्छी विकास मन्त्रालयमा सरुवा भएको छ । पशुपन्छीका रेवतीरमण पौडेल भने शर्माको ठाउँ कृषि सचिवको जिम्मेवारीमा पुगेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #डा गणेशप्रसाद पाण्डे सचिव, #डा. दिपक काफ्ले सचिव, #मुकुन्दप्रसाद निरौला सचिव, #मुख्यसचिव डा. बैकुण्ठ अर्याल, #राधिका अर्याल सचिव, #सचिव डा. गणेश पाण्डे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ