एसियन र नेसनलको औषधि फिर्ता लिन डिडिएको निर्देशन


काठमाडौं । औषधि व्यवस्था विभाग (डिडिए)ले एसियन र नेसनल हेल्थ केयर फर्मास्युटिकल्सका गुणस्तरहीन औषधि बजारबाट फिर्ता लिन निर्देशन दिएको छ । राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा न्यून गुणस्तरको पाइएको भन्दै ती कम्पनीले उत्पादन गरेको औषधि फिर्ता लिन डिडिएले निर्देशन दिएको हो ।

एसियन फर्मा स्युटिकल्स प्रालिद्वारा उत्पादित इन्सिेफ ड्राई सिरफ र नेशनल हेल्थ केयर प्रालीद्वारा उत्पादित ३० एमएलको सिरफ प्रोडक्सिम भि सी ५० नामक औषधिमा न्यून गुणस्तर पाइएको प्रयोशालाको परीक्षणबाट पुष्टि भएको डिडिएले जनाएको छ । उक्त औषधीहरु औषधि ऐन, २०३५ को दफा १४ बमोजिम विक्रि वितरण रोक्का गरि बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभाग समक्ष पेश गर्न सम्बन्धित उद्योगलाई डिडिएले निर्देशन दिएको हो ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ