ज्ञानेन्द्र शाहीले सुदन किराँतीमाथि लाश जलाउने मेशिनमा भ्रष्टाचार गरेको आरोप लगाए


काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले तत्कालीन संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीमाथि लाश जलाउने मेशिनमा भ्रष्टाचार गरेको आरोप लगाएका छन् । उनले प्रमाण प्रस्तुत गर्दै यस्तो आरोप लगाएका हुन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले चारवटा मेशिन खरिदमा ठूलो मात्रामा भ्रष्टाचार भएको दाबी गरेका हुन् ।

‘पशुपति क्षेत्र विकास कोषले लाश जलाउने चारवटा मेशिन किन्छ । झण्डै एक बराबर एक करोडभन्दा बढी घोटला गरेको छ । तत्कालीन संस्कृतिमन्त्री सुदन किराँतीलगायको टिमले २०८० असोज २३ गतेको दिनमा पशुपति विकास कोषमा चार थान फर्नेस किन्ने भन्यो । एक मेशिन बराबर झण्डै एक करोड घोटला गरेर चार वटा मेशिन किन्ने, यसको मुख्य नाइके सुदन किराँती हुनुहुन्छ,’उनले भने ।

उक्त प्रकरण छानबिन गर्न भन्दै उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह समेत गरेका छन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ