स्वास्थ्यमन्त्रीबाट उपेन्द्रलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री दाहालमाथि ओलीको दबाब


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिएका हुन् । स्वास्थ्यमन्त्री उपेन्द्रलाई हटाएर आजै जनता समाजवादी पार्टी (जसपा), नेपालबाट फुटेर बनेको जनता समाजवादी पार्टीका सांसदलाई मन्त्री बनाउन दबाब दिएका हुन् ।

प्रधानमन्त्री दाहाल बालुवाटारमा कांग्रेस नेताहरुसँग सदन खुलाउने विषयमा छलफल गरिरहँदा ओलीले उपेन्द्रलाई तत्काल बर्खास्त गर्न फोनमार्फत दबाब दिएका हुन् । स्रोतमा अनुसार उनले आजै उपेन्द्रलाई हटाएर अशोक राई नेतृत्वको पार्टीका सांसदलाई स्वास्थ्यमन्त्री बनाउन भनेका हुन् । प्रधानमन्त्री दाहालले भने पछि कुरा गर्ने भन्दै फोन काटिदिएको स्रोतको दाबी छ ।

स्वास्थ्यमन्त्री खान नयाँ दल जनता समाजवादीका उपमहासचिव प्रदीप यादव बालकोट धाइरहेका छन् । उपेन्द्रलाई बर्खास्त गर्न उनले ओलीमार्फत प्रचण्डमाथि दबाब बढाइरहेका छन् । त्यसैले ओली उपेन्द्रलाई स्वास्थ्यमन्त्रीबाट हटाउन मरिमेटेर लागिपरेका हुन् । ओलीको डिजाइनमा उपेन्द्रको पार्टी जनता समाजवादी पार्टी (जसपा), नेपाल फुटाउन संलग्न प्रदीप र इस्तियाक राई अहिले प्रायजसो जस्तो बालकोटमा झुल्किन्छन् । त्यसैले आईतबार नै उपेन्द्र अपदस्त भएर मुलुकले नयाँ स्वास्थ्यमन्त्री पाउने सम्भावना बढेर गएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ