आईटी माफिया विकल पौडेलविरुद्ध तेस्रो भ्रष्टाचारको मुद्दा दायर गर्दै अख्तियार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईटी माफिया विकल पौडेलविरुद्ध तेस्रो भ्रष्टाचारको मुद्दा दायर गर्न लागेको हो । अख्तियारको टोली उनीविरुद्ध भ्रष्टाचार मुद्दाको अभियोग बोकेर विशेष अदालत पुगिसकेको छ ।
अख्तियारले सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार गरेकोदेखि अमेरिकी पीआर ढाँटेर सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेकोसम्ममा विकलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । उनीविरुद्ध तेस्रो भ्रष्टाचारको मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको हो ।
माघ १० गतेदेखि अकुत सम्पत्ति आर्जनको अभियोगमा अख्तियारको हिरासतमा रहेका विकल तेस्रो भ्रष्टाचारको मुद्दा सामना गर्दै छन् । आईतबार नै विकललाई थप १० दिन अख्तियारको हिरासतमा राख्न विशेष अदालतले अनुमति दिइसकेको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस