स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई बर्खास्त गर्ने प्रधानमन्त्री दाहालको तयारी


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई बर्खास्त गर्ने तयारी गरेका छन् । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दबाबमा प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवलाई बर्खास्त गर्ने तयारी थालेका हुन् ।

प्रधानमन्त्री दाहाल निकट स्रोतका अनुसार स्वास्थ्यमन्त्री यादवलाई राजीनामा दिने आग्रह गरिएको छ । राजीनामा नदिए बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री दाहाल रहेका छन् ।

नेकपा एमालेका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई उपेन्द्रलाई स्वास्थ्यमन्त्रीबाट हटाएर अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन दबाब दिएका थिए । जसपा, नेपालबाट फुटेर बनेको जसपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री दाहालले उपेन्द्रलाई हटाउन लागेका हुन् ।

नेकपा माओवादी केन्द्र जसपा, नेपालका सरोजकुमार यादव नेतृत्वको मधेस सरकारबाट समेत बाहिरिएको छ । नेकपा एमाले पनि मधेस सरकारबाट बाहिरिने तयारीमा छ । लुम्बिनी प्रदेशका दुई सांसद पनि अशोक राईतिरै लागेका छन् । कोशी प्रदेशकी सांसदले उपेन्द्रको साथ छाडेकी छिन् । संघदेखि प्रदेशसम्म उपेन्द्र यादव नेतृत्वको पार्टी सत्ताबिहीन अवस्थामा पुगेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ