प्रधानमन्त्रीले बर्खास्त गर्नु अगाडि नै स्वास्थ्यमन्त्री यादवले राजीनामा दिने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खास्त गर्नु अगाडि नै उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजीनामा दिने भएका छन् ।  जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिने निर्णय गरेसँगै उनी बर्खास्त हुनबाट जोगिएका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दबाबमा प्रधानमन्त्री दाहालले स्वास्थ्यमन्त्री यादवलाई बर्खास्त गर्ने तयारी गरेका थिए । उनलाई आईतबार नै राजीनामा दिन भनिएको थियो ।  त्यो लगत्तै

आइतबार बसेको बसेको जसपा, नेपाल कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । जसपाको सोमबार केन्द्रीय समितिको बैठक बस्ने तय भएको छ ।

जसपा, नेपालको आईतबार बसेको कार्यकारिणी समितिको बैठक बसेको बैठकले पछिल्ला राजनीतिक घटना क्रमलाई लिएर सरकारबाट बाहिरिने निर्णय गरेको जनाइएको छ । स्वास्थ्यमन्त्री यादवले सोमबारसम्म राजीनामा नदिए बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री दाहाल रहेका थिए । स्वास्थ्यमन्त्री यादवले सोमबार नै राजीनामा दिएर सरकारबाट बाहिरिने भएका हुन् ।

सोमबार नै जनता समाजवादी पार्टीका उपमहासचिव प्रदीप यादव स्वास्थ्यमन्त्री बन्ने सम्भावना बढेर गएको छ । स्वास्थ्य राज्यमन्त्रीमा भने जनता समाजवादी पार्टीकी सांसद हसिना खानको चर्चा छ । अन्य मन्त्रीहरु पनि हेरफेरको सम्भावना देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ