स्वास्थ्यमन्त्री उपेन्द्र खल्तीमा राजीनामा बोकेर प्रधानमन्त्री भेट्न बालुवाटारमा
काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव खल्तीमा राजीनामा बोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास पुगेर उनले राजीनामा पत्र बुझाएका हुन् ।
जसपा, नेपालले सरकारबाट बाहिरिने निर्णय गरेसँगै उनले राजीनामा दिने निर्णय गरेका हुन् । बालुवाटार पुगेर राजीनामा बुझाएका उपेन्द्र संघीय सरकारबाट बाहिरिएका छन् । राजीनामा नदिए उनलाई बर्खास्त गर्ने प्रधानमन्त्री दाहालको तयारी थियो । उपेन्द्रले सहजै मार्ग प्रशस्त गरेका छन् । अब प्रदीप यादवलाई स्वास्थ्यमन्त्री बन्ने बाटो खुला भएको छ ।
त्यस्तै दीपक कार्कीले पनि वन राज्यमन्त्रीबाट राजीनामा दिएका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस