उपेन्द्रले खाली गरिदिएको स्वास्थ्यमन्त्रीको कुर्सीमा प्रदीप बस्ने सम्भावना


काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् । उपेन्द्र नेतृत्वको दल जनता समाजवादी पार्टी, नेपाल सरकारबाट सोमबार बाहिरिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दबाबमा प्रधानमन्त्री प्रचण्डले बर्खास्त गर्ने तयारी गरेपछि उपेन्द्रले राजीनामा दिएका हुन् । उपेन्द्रले छाडेको ठाउँमा उनकै दलबाट फुटेर बनेको जनता समाजवादी पार्टीलाई सुम्पने तयारी भएको छ । जसपा नेपाल फुटाउन मरिमेटेर लागिपरेका जसपाका उपमहासचिव प्रदीप यादव स्वास्थ्यमन्त्री बन्ने निश्चित जस्तै छ । प्रदीपलाई महासचिव इस्तियाक राईको बलियो साथ रहेको पाइन्छ ।

स्वास्थ्य राज्यमन्त्रीमा भने जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईकी श्रीमती शुशिला श्रेष्ठ र हसिना खानमध्येबाट बन्ने सम्भावना छ । अशोक अध्यक्ष भएकोले उनी सरकारमा नजाने भएका हुन् । उपेन्द्रको जस्तै अध्यक्ष सरकारमा जान नहुने फुटेको पार्टीभित्र बलियो मत छ ।

जसपाका उपाध्यक्ष नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री रहेका छन् । रञ्जु ठाकुर (झा) पनि मन्त्री बन्ने दौडमा लागेकी छिन् । सोमबार नै जसपाका मन्त्रीहरुले सपथ खाने सम्भावना देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ