राजीनामा दिएका उपेन्द्र सर्वोच्चतिर, दल फुटाउने प्रदीप स्वास्थ्य मन्त्रालयतिर


काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीबाट राजीनामा दिएर उपेन्द्र यादव सर्वोच्च अदालत पुगेका छन् । आफ्नो दल जनता समाजवादी पार्टी, नेपाल फुटाएर निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता गराउनेविरुद्ध रिट निवेदन लिएर उपेन्द्र सर्वोच्च पुगेका हुन् ।

जसपा नेपालबाट अलग भएका अशोककुमार राईसहित ७ जनालाई संसदको हैसियतमा काम गर्न रोक लगाउन उपेन्द्रले सर्वोच्च अदालतसमक्ष माग गरेका छन् । उनी अशोककुमार राई, प्रदीप यादव, नवलकिशोर शाह, डा. वीरेन्द्रप्रसाद महतो, रञ्जु ठाकुर, हसिना खान र शुशीला श्रेष्ठलाई संसदको हैसियतमा काम गर्न रोक लगाउने उद्देश्यले सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगेका हुन् ।

यता प्रदीप यादव भने स्वास्थ्यमन्त्री बन्ने गरी शीतल निवास तर्फ लाग्ने तरखरमा छन् । उपेन्द्र नेतृत्वको जनता समाजवादी पार्टी, नेपालबाट फुटेको अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टीका उपमहासचिव प्रदीप यादव स्वास्थ्यमन्त्रीको सपथ खान तम्तयार देखिन्छन् । स्वास्थ्य राज्यमन्त्री भने हसिना खान बन्ने छिन्। उनीहरुको पार्टी र सांसद पद नै खारेज गर्न माग गर्दै उपेन्द्र भने सर्वोच्च अदालत पुगेका हुन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ