स्वास्थ्यमन्त्री बने प्रदीप यादव


काठमाडौं ।  जनता समाजवादी नेपालका उपमहासचिव प्रदीप यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल जसपाबाट फुटेर बनेको जनता समाजवादी पार्टीका सांसद प्रदीप राष्ट्रपति कार्यालय शीतल निवास पुगिसकेका छन् । उनको सपथको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रदीप स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएका हुन् । त्यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खान बनेकी छिन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी फुटाएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी बनेपछि उपेन्द्र स्वास्थ्यमन्त्रीबाट हट्न बाध्य भएका थिए । उनी हटेपछि प्रदीप स्वास्थ्यमन्त्री बनेका हुन् । अशोक राई नेतृत्वको पार्टीका उपाध्यक्ष नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री छन् । उपेन्द्र कै पार्टीमा रहने निर्णय गरेका वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले राजीनामा दिइसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दबाबमा उपेन्द्रलाई स्वास्थ्यमन्त्रीबाट राजीनामा दिन सन्देश पठाएका थिए । त्यसको २४ घण्टाभित्रै उपेन्द्रले स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएका छन् भने प्रदीप नयाँ स्वास्थ्यमन्त्री बनेका हुन् ।

नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्रीको भूमिकामा रहेर काम गरिसकेका व्यक्ति हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : #पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव, #स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, #स्वास्थ्यमन्त्री प्रदीप यादव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ