न्याम्सका सहसचिव कोइराला स्वास्थ्य मन्त्रालयमा, डा. सुधाको ठाउँमा राधिका


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सहसचिव मदन कोइरालाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत सहसचिव जयबहादुर भण्डारी यहीँ जेठ १५ गते ५८ वर्ष उमेद हदका कारण अनिवार्य अवकाशमा जाने भएपछि न्याम्सका सहसचिव कोइराला उनको ठाउँमा आउन लागेका हुन् ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन सचिव, प्युठानको प्रमुख जिल्ला अधिकारी हुँदै गत मंसिरमा सहसचिव कोइराला न्याम्समा आएका थिए । ६ महिना न्याम्समा बसेर उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जाने भएका छन् ।

तातोपानी बसेर मोहनबहादुर बस्नेतसँग राम्रो सम्बन्ध बनाएका भण्डारी छोटो समयका लागि स्वास्थ्य मन्त्रालय गएका थिए । माघमा सहसचिवमा बढुवा भएका भण्डारी स्वास्थ्य मन्त्रालयबाटै घर जाने भएका हुन् ।

त्यस्तै कोशी प्रदेशी स्वास्थ्य सचिव डा. सुधा देवकोटाको संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ । कोशी प्रदेशको स्वास्थ्य सचिवमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गत रहेकी राधिका थपलिया गएकी छिन् । उनको यश अगाडि संघमा समायोजन भइसकेको छ ।

लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा बासुदेव जनार्दनप्रसाद उपाध्याय सरुवा गरिएको छ । लुम्बिनीका स्वास्थ्य सचिव जनार्दन पन्थीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गत सरुवा भएको हो ।

शिक्षा मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीको भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ