“युनोप्स”ले गल्लीको सप्लायर्ससँग ६६ हजार पर्ने उपकरण २ लाख ४५ हजार अमेरिकी डलरमा खरिद  


काठमाडौं ।  दुखको समयमा नागरिकको रगत चुस्ने स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक, निर्देशक र “युनोप्स”का नेपाल कन्ट्री मेनेजर कोमल कार्की र बंगलादेश, भुटान, भारत, नेपाल, पाकिस्तान र श्रीलंका हेर्ने चाल्र्स रोचफर्ड कल्लनले कोभिडको समयमा अक्सिजन कन्सन्टेटर खरिद गर्दा ३ करोड ३४ लाख ५ हजार बढी राज्यलाई व्ययभार पारेका छन् । 

स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. दिपेन्द्ररमण सिंह र व्यवस्थापन महाशाखाका निर्देशक डा. रमेश खरेलले आफूले खरिद नगरेर विश्व बैंकबाट ऋण लिएको रकम सीधै “युनोप्स”को हातमा थमाएका थिए । त्यस बेलाका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह र व्यवस्थापन महाशाखाका निर्देशक डा. रमेशकुमार खरेलले सीधै “युनोप्स”लाई ४५ लाख १७ हजार ३७८ अमेरिकी डलरको खरिद गर्न अनुमति दिएका थिए । 

विदेशी नियोगका माफियालाई गैरकानुनी रुपमा रकम सुम्पिएका सिंह विभागमा पत्रकार देख्दा सधैं झस्किने गरेका थिए । कतिपय महाशाखा प्रमुखले पत्रकारसँग कुरा गरेको देख्दा उनले नराम्रोसँग झपारेको कुरा हामीसँग आएका पनि छन् । अधिकारीहरू भन्छन्, ‘ठूला भ्रष्टाचारका कुरा बाहिरिने डरले उनी धेरै बोल्दैन थिए ।’, स्वास्थ्य लाइभलाई प्राप्त खरिद बिल अनुसार “युनोप्स”ले गल्लीको सप्लायरसँग ६६ हजार पर्ने उपकरण २ लाख ४५ हजार अमेरिकी डलरमा सामग्री खरिद गरेको छ ।

स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीले बताए अनुसार यो सप्लायर्स कुनै सम्पर्कमा छैन । अनलाइनमा देखिन्छ तर, सम्पर्क व्यक्ति को हो केही छैन । सङ्कटमा ठूलो रकम लुछ्न विभाग र “युनोप्स”का कर्मचारीले तत्काल गल्लीको सप्लायर्स खडा गरेर सीधै करोडौंका उपकरण किन्न अनुमती दिएको अधिकारीहरु बताउँछन् । 

“युनोप्स”को मुख्य कार्यालयले त्यस बेला सम्झौता गरेर करोडौं रकम व्ययभार थुपार्ने नेपाल कन्ट्री मेनेजर कोमल कार्की र बंगलादेश, भुटान, भारत, नेपाल, पाकिस्तान र श्रीलंका हेर्ने चाल्र्स रोचफर्ड कल्लनमाथि छानबिन गर्नु पर्छ । यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले खरिद नगरेर सोझै “युनोप्स”सँग सम्झौता गर्ने स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. सिंह र व्यवस्थापन महाशाखा प्रमुख डा. खरेलमाथि आवश्यक छानबिन गरी भ्रष्टाचारमा कारबाही अगाडि बढाउनु पर्छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : ##UNOPS

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ