१९ खर्ब १० अर्बको बजेट आउँदै, भौतिक, सहरी र उर्जाको सिलिङ थप 


काठमाडौं । सरकारले यस वर्ष १९ खर्ब १० अर्बको बजेट ल्याउने भएको छ । यो अघिल्लो वर्षको भन्दा १ खर्ब बढी हो । अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थ मन्त्री वर्षमान पुनको विशेष सक्रियतामा यो बजेट बढाइएको हो । 

बढेको बजेटमा सहरी, भौतिक, उर्जा मन्त्रालयहरूलाई थप सिलिङ बढाइएको छ । तर, स्वास्थ्य मन्त्रालयले मन्त्रीको खिचातानीले गर्दा बढेको सिलिङ पाउन सकेको छैन ।

तत्कालीन गुण्डा मन्त्री मोहन बस्नेतले अन्तिममा १० अरब बढाएका थिए । अहिलेका मन्त्रीलाई यो विषयमा कुनै चासो र चिन्ता देखिदैन । बजेट बढाउने विषय कर्मचारीको बलमा पर्दैन । प्रधानमन्त्रीले भने केही थप्ने बचन दिएको बुझिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ