डेढ वर्षको छोरा लिएर मन्त्रालयको जिम्मेवारीमा स्वास्थ्य राज्यमन्त्री खान


काठमाडौं । एकातिर मन्त्री पद अर्कातिर पारिवारिक जिम्मेवारी स्वास्थ्य राज्यमन्त्री हसिना खानलाई यसको सन्तुलन मिलाउन निकै मुस्किल परिरहेको देखिन्छ । डेढ वर्षको छोरा साथमा लिएर उनी मन्त्रालयको नियमित काममा खटिरहेकी छिन् । छोरा हेर्नुको मन्त्रालयको जिम्मेवारी स्वास्थ्य राज्यमन्त्री खानलाई सन्तुलन मिलाउन गाह्रो परिरहेको देखिन्छ । राज्यमन्त्री हसिनाको डेढ वर्षको छोरा रुन थालेपछि मन्त्रालयल नै थर्किन्छ । राज्यमन्त्रीको छोरा फकाउन मन्त्रालयका कर्मचारीलाई निकै सकस परिरहेको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टीकी सांसद हुन पुगेकी छिन् हसिना खान । सांसद भएको छोटो समयमै उनी मन्त्री बन्न सफल भइन् । जनता समाजवादी पार्टी, नेपालकी समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि खान समानुपातिकमा पर्न सफल भएकी थिइन् । सांसदको सपथ खाएको एक महिना पनि नबित्दै उनले मन्त्रीको सपथ खाने सौभाग्य पाएकी हुन् ।

 

जनता समाजवादी पार्टी, नेपालको समानुपातिक सांसद शहनाज रहमानको मृत्यु भएपछि मञ्जु सांसद बनेकी थिइन् । मञ्जुको पनि निधन भएपछि उक्त ठाउँमा हसिना आएकी हुन् । २७ वर्षीय सांसद हसिनाको पार्टी फुटेपछि भाग्य चम्किएको हो । पारिवारिक जिम्मेवारी र राजनीतिक जिम्मेवारीको तालमेल मिलाउन भने उनलाई निकै सकस देखिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ