नगरकोटको काव्या रिसोर्टका अवैध जिएम लुकास उतै लुके


काठमाडौं । नगरकोटस्थित काव्या रिसोर्ट स्था स्पाका अवैध महाप्रबन्धक (जिएम) लुकास प्रेन्डके उतै लुकेका छन् । अध्यागमन विभागले उनको भिसा रद्द गर्दै नेपाल प्रवेशमा रोक लगाएपछि लुकास उतै लुकेका हुन् ।

स्वास्थ्य लाइभले पर्यटक भिसामा नेपाल आएर पोल्याण्डका नागरिक लुकास काव्या रिसोर्टको जिएम बनेको खुलासा गरेको थियो । उक्त समाचारपछि अध्यागमन विभाग र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आवश्यक छानबिन गऱ्यो । छानबिनका क्रममा लुकास काव्यामा अवैध रुपमा काम गरिरहेको तथ्य भेटेपछि अध्यागमन विभागले उनको भिसा रद्द गर्दै नेपाल प्रवेशमा रोक लगाएको हो ।

गत बैशाख २३ गते दुबई उडेका लुकास अहिलेसम्म नेपाल नफर्किएको अध्यागमनको रेकर्डले देखाउँछ । लुकास कै टोलीमा दुबई गएका गोल्छाहरु फर्किएपनि उनी भने उनै लुकेको खुल्न आएको हो । अध्यागमन विभागले नेपाल प्रवेशमा रोक लगाएपछि लुकास दुबईबाट श्रीलंका पुगेको आशंका गरिएको छ । उनको परिवार श्रीलंकाको कोलम्बोमै बस्ने भएकाले लुकास उतै गएको हुनसक्ने अनुमान गरिएको हो । उनी दुबई जानु भन्दा डेढ हप्ता अगाडि श्रीलंका पुगेर आएको देखिन्छ । अध्यागमनले नेपाल प्रवेशमा रोक लगाएपछि काव्या रिसोर्टका अवैध जिएम लुकास उतै लुकेको पाइएको छ ।

विशाल ग्रुप, गोल्छा र पृथ्वीबहादुर पाँडेहरुले ३ अर्ब लगानीमा खोलेको पाँचतारेस्तरको काव्या रिसोर्ट एण्ड स्पाले मासिक १० लाख पारिश्रमिक दिए विदेशी पर्यटक लुकासलाई अवैध जिएम बनाएको थियो । काव्याको अवैध धन्दाको स्वास्थ्य लाइभले खुलासा गरेपछि लुकासलाई जोगाउन चलखेल समेत भएको थियो । तर, अध्यागमन विभागले बाध्य भएर भिसा रद्द र नेपाल प्रवेशमा रोक लगाएपछि लुकास पनि उतै लुक्न बाध्य भए ।

क्याटेगोरी : समाचार
ट्याग : #अवैध जिएम, #काव्या रिसोर्ट एण्ड स्पा, #लुकास प्रेन्डके

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ