पशुपतिको भेटी चोर्दाचोर्दै रंगेहात पक्राउ परेका परियारले कोषाध्यक्ष सुवेदीलाई पोले


काठमाडौं ।  पशुपतिनाथ मन्दिरको भेटी चोर्दाचोर्दै रंगेहात पक्राउ परेका अनिल परियारले कोषाध्यक्ष नारायणपसाद सुवेदीलाई पोलेका छन् । स्वास्थ्य लाइभलाई प्राप्त भिडिओमा कोषाध्यक्ष कै निर्देशनका भेटी चोरेको बयान दिएका छन् ।

भेटी चोर्दाचोर्दै पशुपति क्षेत्र विकास कोषका बाजा बजाउने कर्मचारी परियार सोमबार पक्राउ परेका हुन् । सो क्रममा उनले आफूलाई कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, नवराज सोडारी र नवराज घिमिरेलगायतको नाम लिएका छन् ।

सुवेदी कोषाध्यक्ष रहेपनि सोडारी र घिमिरे को हुन् भन्ने खुलेको छैन । आफूले विगत तीन/चार महिनादेखि मन्दिरको भेटी चोरी गर्दै आएको उनले बताए । सो क्रममा उनले उक्त भेटी आफूलाई चोर्न पठाएको समूहलाई दिने गरेको बताएका छन् । आफूलाई दिनको एक हजार पाँच सय दिने गरेको र दिनमा लगभग १५ हजार जति भेटी चोर्दै आएको उनले पक्राउको क्रममा बताएका छन् । उनलाई अहिले गौशला प्रहरीले नियन्त्रणमा लिएको छ । उनी पशुपतिमा बाजा बजाउने कर्मचारी रहेको खुलेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ