अनधिकृत रुपमा स्वास्थ्यको बजेटमा हेरफेर गरेका मन्त्रीले कर्मचारी थर्काउन थाले 


काठमाडौं । बजेट “लक” भइसकेपछि शनिबार अनधिकृत रुपमा स्वास्थ्यमन्त्री प्रदीप यादवले बजेटमा चलखेल गरेको विषय स्वास्थ्य लाइभ मिडियामा आएपछि कर्मचारीको फोन रेकड हेर्छु भन्दै हिँड्न थालेका छन् । उनले गत शनिबार मन्त्रालयमा कोठा नै थुनेर कर्मचारीलाई बजेटको फेरबदल गराउने जस्ता घृणित कार्य गरेका थिए । 

समाचारलाई लिएर बदमासी लुकाउन कर्मचारीप्रति जाइलागे मन्त्री यादवको स्वास्थ्यमा दिनगन्ती सुरु हुने छ । उनले को-को माफियासँग उठबस गरिरहेका छन्, त्यसको जानकारी स्वास्थ्य लाइभले राखेको छ । जनताको स्वास्थ्यप्रति कुनै योगदान नगरेका व्यक्तिहरू अहिले अनुदानका लागि मन्त्री र उनको सचिवालयमा धर्ना दिएर बसेका छन् । उनीहरुको इशारामा स्वास्थ्यमन्त्री यादव र उनको टिम नाच्न थालेको भान हुन्छ । 

उपेन्द्र यादवबाट अलगिएर नयाँ पार्टीको नाम जुराएपछि यादवलाई स्वास्थ्य मन्त्रीको चिठ्ठा परेको हो । तर, उक्त चिठ्ठाको सही सदुपयोग नगरी कर्मचारीलाई समाचारमा जोडेर गाली गलौज गरे उनका लागि यो परिणाम दुर्भाग्य बन्न जाने छ । उनका गतिविधि स्वास्थ्य लाइभले नजिकबाट नियालिरहेको छ । 

स्वास्थ्य मन्त्री यादवले अहिले बजेट थप गराउँन ‘लबिइङ’ गर्नुपर्ने हो । तर, उनले विगतमा उपेन्द्र यादवले तयार पारेका योजना कसरी काट्ने भन्नेमा बढी केन्द्रित भएका समाचारहरू प्रकाशित भइसकेका छन् । यसले पनि यादवको नियति राम्रोसँग बुझ्न सकिन्छ ।  

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ