उपेन्द्र यादवको पार्टी फुटलाई वैधानिकता दिन रवि अघि बढे


काठमाडौं । निवर्तमान स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालको फुटलाई वैधानिकता दिन गृहमन्त्री रवि लामिछाने अघि बढेका छन् ।

गृहमन्त्री लामिछानेले संसदमा रहेको राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिएर  अर्को विधेयक वा अध्यादेशको बाटो खुलाएका छन् । उनले संसदमा विचाराधीन राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिएर अर्को विधेयक ल्याउने बाटो खुला गरेका हुन् । मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलदलसम्बन्धी अर्को विधेयक ल्याएर उपेन्द्र यादव नेतृत्वको पार्टी फुटलाई वैधानिकता दिएर अन्य दललाई फुटाउन सहज पारिने भएको हो । त्यो अवस्थामा सदन अवरोध जारी रहे सरकारले सदन स्थगित गरी अध्यादेश ल्याएर भएपनि फुटलाई वैधानिकता दिइने सम्भावना छ ।

संसदमा उक्त विधेयक विचाराधीन हुँदा अनुकूल विधेयक वा अध्यादेश ल्याउन समस्या भएको थियो । अब सदन भएपनि नभएपनि सरकारले अनुकूल कानुन ल्याउने सम्भावना बढेको हो । उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल फुटाएर अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी गठन भएको छ । अशोक राई नेतृत्वको जसपाका प्रदीप यादव स्वास्थ्यमन्त्री बनेका छन् । उक्त पार्टीको दर्ताका लागि कानुन रिक्त रहेको भनेर टिप्पणी हुँदै आएको छ । विद्यमान कानुनले नेकपा एकीकृत समाजवादी पार्टी फुटाउन पनि समस्या रहेको देखिन्छ । यी सबै समस्यालाई सल्टाउने गरी सरकार अगाडि बढ्न खोजेको देखिन्छ । सरकारले सदन स्थगित गरेर अध्यादेशको बाटो रोज्ने सम्भावना पनि उच्च छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ