अवैतनिक सल्लाहकारसहित जेनेभा जाँदै स्वास्थ्यमन्त्री यादव


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव अवैतनिक सल्लाहकार लिएर जेनेभा जाने भएका छन् ।

उनले अवधेशकुमार दासलाई अवैतनिक सल्लाहकार नियुक्त गरेर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को कार्यक्रममा सहभागी हुन जेनेभा लैजान लागेका हुन् । विश्व स्वास्थ्य संगठनको ७७ औँ विश्व स्वास्थ्य सभा 27 मे 2024 देखि सुरु हुनेछ ।

जेनेभा जानेमा स्वास्थ्यमन्त्री यादव, अवैतनिक सल्लाहकार दास, स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगिता कौशल मिश्रा र समन्वय महाशाखा प्रमुख रहेका छन् ।

सभामा कार्यसमितिको १५४ औं बैठकको निर्णयपछि सचिवालयले तयार पारेको स्वास्थ्य सभाको अस्थायी एजेण्डा र प्रारम्भिक दैनिक कार्यतालिका संलग्न गरिएको जनाएको छ । स्वास्थ्यमन्त्री यादव जेनेभा जाने समयसम्ममा उनको मन्त्रालय फेरिने सम्भावना उच्च रहेको विश्वस्त स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ