निरन्तर खोज्दा पनि पोलियो फेला परेन 


काठमाडौं । देशी तथा विदेशी शक्ति नेपालमा पोलियो खोज्न लागि परेका छन् । तर, अहिलेसम्म पोलियो फेला पार्न सकेका छैनन् । पोलियो फेला पार्ने उद्देश्यले सरकार र दातृ निकायले नेपालमा ठूलो रकम लगानी गरेका छन् ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले निरन्तरको खोजीले पनि पोलियोको भाइरस पत्ता लगाउन नसकेको बताए । कति फेला पार्न सकिन्छ कि भनेर खोजी कार्य जारी राखेको उनले बताए । मुख्यगरी ५ वर्षभन्दा कम उमेरका बालकबालिकाको खोजीमा राज्य जुटेको छ । पोलियोको भाइरस फेला परे त्यस्ता बालबालिकाको मृत्यु हुन सक्छ । 

सरकारले पोलियो सङ्क्रमितको खोजीमा १३ देखि २६ जेठसम्म पोलियो रोग विरुद्धको आइपीभी भ्याक्सिन अभियानका रुपमा सञ्चालन गर्ने जनाएको छ । नेपालमा विगत २०१० देखि पोलियो फेला परेको छैन । तर, सरकार र दातृ निकाय फेला पर्न सक्ने आशामा छन् । सरकारले ०७३ बैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका १४ लाख ६० हजार ६१२ जना बालबालिकाहरूलाई आइपीभी खोप दिने तयारी गरेको हो । 

विश्वभर खोप अभावले उक्त समयमा दिन नसकेका कारण अहिले दिनु परेको अधिकारीहरूले बताएका छन् । पोलियो थोपा मुखबाट दिइन्छ भने आइपीभी सिरिन्जका माध्यमबाट दिने गरिन्छ । महाशाखाका प्रमुख डा. विवेककुमार लालका अनुसार पोलियो थोपामा भाइरसको “पि टु” आउँन छाडेपछि आइपीभी लगाउनु परेको हो । पोलियो भाइरस तीन प्रकारको हुन्छ । पि वान र पि थ्री अहिले पनि मुखबाट खुवाँउदा प्राप्त हुन्छ तर, पि टु भने झिकिएको छ । 

स्वास्थ्य अधिकारीहरूले बताए अनुसार अफ्रिका र केही एशियाका देशहरूमा फरक प्रकारको पोलियो (सिभिडिपिसी) का बिरामी फेला परेका छन् । उक्त बिरामीको जाँच गर्दा पोलियो भाइरसको प्रकार “पि टु” पुष्टि भएको छ । उक्त भाइरसको जोखिममा नेपाल समेत भएकाले छुटेकालाई अभियानका रुपमा लगाउने तयारी गरिएको डा. गौतमले बताए । यस अभियानका लागि गाभीले ३२ करोडको खोप खरिद गरेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ