विभागमा अनुगमन गर्ने चार हस्तिकाे याेजना तुहिएपछि…..


काठमाडौं । मंगलबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार हस्तिले स्वास्थ्य सेवा बिभागकाे आकस्मिक अनुगमन गर्ने याेजना दुस्मिनी साद्दै असफल भएको छ ।

मन्त्री प्रदिप यादव, सचिव डा राेशन पाेखरेल, अतिरिक्त सचिव डा विकास देवकाेटा र नीति याेजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पाैडेल बसेर बनाएकाे याेजना बुधबार बिहान तुहिएकाे छ । हुनत मन्त्रीले अनुगमन गर्नु भनेकाे काम गर्न नसक्ने दरबिलाे लक्षण हाे । काम गर्ने मन्त्रीले कुनै अनुगमन गर्दैनन् । काम गर्ने मन्त्री सचिवले सुराकी खटाउँछन् र सुचना लिने काम गर्छन् ।

मंगलबारकाे भद्र सहमति अनुसार बुधबार मन्त्री यादव १० नबज्दै स्वास्थ्य सेेवा बिभाग पुगेका थिए । उनी गाडीको सिसा समेत नखाेली भित्र बसिरहे । विभागका कसैले पनि सुइँको पाएका थिएनन् ।

स्वास्थ्यमन्त्री यादव भन्दा सचिव पाेखरेल १५ मिनेट ढिला पुग्नुनै मन्त्रीका लागि तुसारापात भयाे । मंगलबारकाे सल्लाह अनुसार याेजनाकार नआएपछि रिसले “ढुङ्गा खाउँकी माटाे खाउँ” गरेका मन्त्री यादव सचिव पुग्नासाथ गाडीको सिसा बन्द गरेर बिभागबाट बाहिरिएका थिए । मन्त्रीकाे गतिविधिले कर्मचारी बिच्किएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ