नेपाल प्रहरी र सशस्त्र प्रहरी अस्पताल सुधार गर्ने समितिको संयोजक भेटिएनन्


काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी अस्पताल र सशस्त्र प्रहरी बलको (एपिएफ) अस्पताल सुधार गर्न समिति गठन गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाउने निर्णय भएको छ । तर उक्त महाशाखा प्रमुख भने अहिले रिक्त रहेको छ ।

गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख सहसचिव रुद्रप्रसाद पण्डितको पर्यटन विभागमा सरुवा भएपछि उक्त महाशाखा खाली छ । गृह मन्त्रालयको प्रशासन महाशाखा खाली भएपछि गृह मन्त्रालयले नेपाल प्रहरी अस्पताल र सशस्त्र प्रहरी बलको (एपिएफ) अस्पताल सुधार गर्न गठित समितिको संयोजक पनि टुंगो लागेको छैन । उक्त समितिमा एपीएफ अस्पतालका प्रमुख डीआईजी डा. रूपक महर्जन,नेपाल प्रहरी अस्पतालमा कार्यरत डीआईजी डा.सुन्दरप्रसाद हैंजु, सामान्य प्रशासन स्वास्थ्य मन्त्रालयका प्रतिनिधि रहने गृह मन्त्रालयले जनाएको छ । समितिले संयोजक पाएपछि काम सुरु हुने मन्त्रालयको भनाइ छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ