स्वास्थ्य सेवा विभागमा डुक्रिएका स्वास्थ्यमन्त्री यादव वीरमा पुगेर सिंगौरी खेले


काठमाडौं । स्वास्थ्यमन्त्रीबाट हट्ने चर्चामा रहेका प्रदीप यादव अनेकौं चटक देखाउन थालेका छन् । उनको ध्यान अहिले स्टन्ट देखाउनमा केन्द्रित छ ।

बुधबार बिहान १० बजे स्वास्थ्य सेवा विभाग छड्के हान्न पुगेर स्वास्थ्यमन्त्री यादव गाडीबाट नझरी रन्थनिएर वीर अस्पताल पुगेका हुन् । स्वास्थ्य सेवा विभागमा सचिव रोशन पोखरेलको टिम निर्धारित समयभन्दा झन्डै १५ मिनेट ढिला पुगेपछि उनी गाडीबाट नओर्ली ठूल्ठूलो स्वरमा डुक्रिदै हिँडेका थिए । त्यहाँबाट स्वास्थ्यमन्त्री यादवको टोली सिंगौरी खेल्न सीधै वीर अस्पताल पुगेको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयमा मन्त्री यादव, सचिव डा. पाेखरेल, अतिरिक्त सचिव डा. विकास देवकाेटा र नीति याेजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पाैडेल बसेर बुधबार बिहान १० बजे स्वास्थ्य सेवा विभाग पुगेर छड्के हान्ने योजना बनाएका थिए । तर, मन्त्रीभन्दा कर्मचारीहरु ढिलो पुगेपछि यादव डुक्रिन थाले । त्यहाँबाट रिसाएर हिँडेका उनी वीर अस्पताल पुगेर सिंगौरी खेलेका हुन् ।

वीर अस्पतालमा भने मन्त्री र कर्मचारी एकसाथ छड्के हान्न पुगेका थिए । मन्त्री यादवको नेतृत्वमा वीर र ट्रमा सेन्टरको छड्के अनुगमन गरिएको हो । बिरामीसँग भेटघाट र औषधिको समस्या समाधान गर्न निर्देशन दिएर स्वास्थ्यमन्त्री यादवको टिम वीर अस्पतालबाट फर्किएको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ