लुम्बिनीलाई बौद्ध दर्शन अध्ययन र ध्यानको केन्द्र बनाउनु पर्नेमा प्रधानमन्त्री दाहालको जोड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनीलाई बौद्ध दर्शन अध्ययन र ध्यानको केन्द्र बनाउनु पर्नेमा जोड दिएका छन् ।  बिहीबार बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित २५६८औं बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्दै यस्तो जोड दिएका हुन् । लुम्बिनीलाई बौद्ध दर्शन अध्ययनको केन्द्र बनाउनकै लागि लुम्बिनी बौद्ध विश्व विद्यालय स्थापना गरिएको प्रधानमन्त्री दाहालको भनाई छ ।

विश्वविद्यालयलाई बौद्ध दर्शनमा केन्द्रित गरेर अगाडि बढाउन भन्दै उनले यसका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रभावकारी भूमिका जरुरी रहेको प्रतिक्रिया दिए । सन २००४ मा दोस्रो बौद्ध शिखर सम्मेलन आयोजना गरिएको बताउँदै छिट्टै तेस्रो बौद्ध शिखर सम्मेलन आयोजना गरिने प्रधानमन्त्री दाहालले घोषणा गरे ।

लामो समयदेखि सम्भावित विश्व सम्पदा सूचीमा रहेको कपिलवस्तुस्थित तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा अंकित गर्न लागि मनोनय दर्ता गरिसकिएको पनि सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले सुनाए । संयुक्त राष्ट्रसंघको ४७ औं महासभाले तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा अंकित गर्ने विषय टुंगो लगाउने उनको विश्वास छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ