‘महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने’


काठमाडौं । महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने गृहमन्त्री रवि लामिछानेले घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले यस्तो घोषणा गरेका हुन् । मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उनीहरुको साटो सडकमा सघाउने गृहमन्त्री लामिछानेको भनाइ छ ।

‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास:

अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ।’,

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ