प्रधानमन्त्री दाहालले वीर अस्पताल पुगेर दाँतको उपचार गराए


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पताल पुगेर दाँतको उपचार गराएका छन् ।  प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार उनी बुधबार दाँतको उपचार गराउन वीर अस्पताल गएका हुन् ।

स्वकीय सचिवमा कार्यरत छोरी गंगा दाहाल र रमेश मल्ललगायतका साथ उनी दाँतको उपचार गएका हुन् । वीर अस्पताल प्रधानमन्त्री जस्ता भीभीआईपीहरु उपचार गर्न जाँदा सरकारी अस्पतालप्रति जनविश्वास बढ्छ ।

भीआईपी र भीभीआईपीहरु सानो समस्या र रोग लाग्दा सुविधासम्पन्न निजी अस्पताल जाने गरेका छन् । प्रधानमन्त्री दाहालले भने वीर अस्पताल गएर राम्रो सन्देश दिन खोजेका हुन् । नेपालका सरकारी अस्पताल उपचारमा अब्बल छन् भन्ने प्रधानमन्त्री दाहालले सन्देश दिन सफल भएका छन्

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ