ग्लाेबल फण्डका लागि पेश गरिएकाे प्रपाेजल प्राविधिक समितिमा


काठमाडौं । ग्लाेबल फण्डले युएनडिपीलाइ औपचारिक पिआर स्विकार्दै पत्र पठाएकाे छ । नेपालबाट युएनडिपी पिआर हुने भनी पठाएको प्रपाेजल स्वीकृत गरि टेक्निकल रिभ्युमा पुगेको जनाएको छ । अब प्राविधिक टिमले साेधेकाे जवाफमात्र दिनु पर्छ ।

 

१४ वर्षको लामो अन्तराल पछि युएनडिपीको हातमा ग्लोबल फन्ड पुगेको हाे । सरकारले आफै पिआर बन्ने भन्दै महिनाै सम्म विवाद निकालेको थियाे । जसका कारण सेभ द चिल्ड्रेनकाे पिआर खाेसिएकाे हाे ।

अधिकारीहरुले बताए अनुसार युएनडिपी अरु निकायभन्दा धेरै महंगो छ । दैनिक भत्ता पनि अत्यन्तै धेरै भएकाले त्यसको लाेभमा आफू पिआर नबनेर युएनडिपीलाई दिएको बुझाइ अधिकारीहरूमा छ । यश विषयमा स्वास्थ्य लाइभले निगरानी बढाएकाे छ ।

ग्लोबल फन्डले नेपाल सरकार र युएनडिपीलाई आधा आधा पीआर दिएको थियाे । मलेरियामा सरकार एकलौटी पीआरमा थियाे । तर, अहिले सबै खाेसिएकाे छ । यसले गर्दा सरकार आफू पिआर हुने सपनाबाट कहिल्यै बिपनामा आउन सक्ने देखिएन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ