“युनोप्स”का माफिया नेपाल कन्ट्री मेनेजर कोमल कार्की भन्छन्, मैले साइन गरेको छैन 


काठमाडौं । “युनोप्स”का माफिया नेपाल कन्ट्री मेनेजर कोमल कार्कीले आफूले कुनै डकुमेन्टमा साइन नगरेको बताएका छन् । स्वास्थ्य लाइभले “युएन एजेन्सीको आडमा भ्रष्टाचारः सरकारले भन्दा ११ करोड ९ लाख बढीमा पिसिआर किट खरिद” शीर्षकमा समाचार प्रकाशित गरेको थियो । 

“युनोप्स”का माफिया नेपाल कन्ट्री मेनेजर कोमल कार्की र बंगलादेश, भुटान, भारत, नेपाल, पाकिस्तान र श्रीलंका हेर्ने चाल्र्स रोचफर्ड कल्लन हुन् । ऋणको रकममा चरम भ्रष्टाचार गरेको अनुमान गरिएको छ । महालेखाको रिर्पोटले समेत “युनोप्स”को खरिदमा अनियमितता भएको स्पष्ट  गरेको छ । 

सहज तरिकाले कमिसन बुझ्न आफै खरिद नगरेर तत्कालीन महानिर्देशक डा दिपेन्द्र रमण सिंहले यी दुई माफियालाई साँची राखेर ५० करोड भन्दा बढी रकम सिधै खरिद गर्न सम्झौता गरेका थिए । कार्कीलाई नजिकबाट चिन्नेहरूले उनको काम गराइमा गम्भीर प्रश्न उठाउने गरेका छन् ।

कार्कीले स्वास्थ्य लाइभको प्रश्नमा आफूलाई उक्त खरिदबारे केही जानकारी नभएको बताएका छन् । खान र सेटिङ गर्ज जानेका कार्की आफैले गरेकाे साइन भुल्ने भएका छन् । कार्कीको सम्पत्ति माथि समेत छानवीन गर्नु पर्ने विषय पनि उठ्न थालेकाेछ ।

 

युएनको छत्र छायाँमा बसेर तर मार्न पल्केका कार्कीले आफैले सम्झौतामा गरेको हस्ताक्षर पनि आफ्नो नभएको बताउँन भ्याएका छन् । सम्झौताकाे कसको हस्ताक्षर हो, त्यो हामी चाँडै खोज्ने छौं । यस बारेमा आफूलाई केही जानकारी नभएको र यस विषयमा स्वास्थ्य सेवा विभाग जिम्मेवार हुने उनले स्पष्ट पारे । 

सरकारले भन्दा ११ करोड ९ लाख बढीमा पिसिआर किट खरिद गरेको बिल स्वास्थ्य लाइभसँग छ । “युनोप्स”का माफिया नेपाल कन्ट्री मेनेजर कोमल कार्की र बंगलादेश, भुटान, भारत, नेपाल, पाकिस्तान र श्रीलंका हेर्ने चाल्र्स रोचफर्ड कल्लन हुन् । ऋणको रकममा चरम भ्रष्टाचार गर्ने “युनोप्स” का यी माफियाको काम कारबाहीको विषयमा स्वास्थ्य लाइभले अनुसन्धान थालेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ