कांग्रेस नेता प्रकाशनमान सिंहको शल्यक्रिया सफल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको शल्यक्रिया सफल भएको छ । भारतको नयाँ दिल्लीमा उनको शल्यक्रिया सफल भएको हो ।
प्रकाशमानको पेटको शल्यक्रिया गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको पेटमा समस्या देखिएपछि थप उपचारका लागि दिल्ली गएका थिए । प्रकाशमानको सोमबार शल्यक्रिया गरिएको हो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस