ग्लोबल फन्डको पीआर ६ महिना सेभलाई थप गर्ने नेपाल सीसीएमको निर्णय


काठमाडौं । नेपालको सीसीएमले ग्लोबल फन्डको पीआर ६ महिनाका लागि सेभ द चिल्ड्रेनलाई थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको सीसीएमको बैठकले ६ महिनाका लागि ग्लोबल फन्डको पीआर सेभलाई थप गर्ने निर्णय गरेको हो । ग्लोबल फन्डको मुख्य कार्यालयले सीसीएमले निर्णय नगरे नेपालको बजेट काट्ने चेतावनी पनि सरकार पीआर थप गर्ने अवस्थामा पुगेको हो । 

मन्त्रालयका एक अधिकारीले दिएको जानकारी अनुसार ६ महिना पछि सरकारले लिने हिसाबमा थप गरिएको हो । ६ महिना भित्र सबै तयारी हामीले पुरा गर्ने र पीआर लिने भनेर ग्लोबल फन्डलाई इमेल पठाएको ती अधिकारीले बताए । सरकारको तयारी नपुगेको भन्दै ६ महिना सेभलाई थप गर्ने विषयको निर्णय लिन नेपाल सिसिएमको बैठक आज बस्दैछ । उक्त बैठकले ६ महिनाका लागि सेभलाई समय थप गर्ने छ । “ग्लोबल फन्डले स्पष्ट भनेको छ । नेपालको सिसिएमले ६ महिना समय थप गर्न सकेन भने हामी रकम उपलब्ध गराउँन सक्दनौं ।” 

ग्लोबल फन्डले एचआइभी, क्षयरोग र मलेरियामा काम गर्दै आएको छ । मलेरियाको क्षेत्रमा ग्लोबल फन्डले सरकारलाई सबै पीआर दिएको थियो । तर, सरकारले मलेरियाका क्षेत्रमा पनि कुनै काम गर्न नसकेपछि पुन खोसिएको छ । 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : ##CCM Nepal

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ