११ गते सरुवा भएका ठाकुर आफ्नो भ्रमण आफै स्वीकृत गर्दै फिल्डमा


काठमाडौं ।  समाजका अगाडि इज्जत, मान, प्रतिष्ठान सबै गुमेपछि लाज भन्ने कुरा गौढ हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत ११ जेठमा सरुवा गरेका एचआइभी एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जय ठाकुर अझै केन्द्रको नाम बेचेर फिल्डमा घुमिरहेका छन् । 

मन्त्रालयले सरुवा गरेपछि रमना बुझेर खटाएको स्थानमा जानुको साटो ठाकुर जेठ १५ देखि आफैले स्वीकृत गरेको टीओ बोकेर फिल्डमा हिँडेका छन् । जेठ १५  देखि १७ सम्म पोखरामा ELMIS Roll Out Training मा गएका छन् । त्यहाँ जाँदा FHI तीन सय साठीले सहयोग गरेको छ । 

त्यस्तै जेठ २० देखि २६ सम्म बाग्मती प्रदेश अन्तर्रगतका ART केन्द्रहरूको अनुगमनमा गएका छन् । यसमा युनिसेफको सहयोगमा उनी त्यहाँ गएका हुन् । ठाकुरको अत्याचारमा स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता मिश्रा, स्वास्थ्य सचिव डा रोशन पोखरेल लाटो कोसेरो बनेका छन्  । सँगै सरुवा भएका साथिहरुले खटाएको स्थानमा गएर रोकिएका काम र सुधारका योजनाहरू अगाडि बढाइसकेका छन् । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनी, टेकु अस्पतालका निर्देशक डा रोशन न्यौपाने, कर्मचारी प्रशासन शाखाका उपसचिवहरुले सरुवा भएको स्थानमा गएर विगतमा रोकिएका कामहरू धमाधम अगाडि बढाएका छन् । तर, ठाकुर लाजै नमानी केन्द्रको नाममा फिल्ड हिँडेका छन् । खटाएको स्थानमा गएका छैनन् । 

नेकपा यसका अध्यक्ष माधव कुमार नेपालको नाम बेची लामो समय देखी दलाली गर्दै आएका छन् । ठाकुर स्वास्थ्य लाइभलाई प्राप्त जानकारी अनुसार ५ लाख सम्म बुझाएर अझै सरुवा रोक्न लागेका छन् । उनको सरुवा बदर भएमा कुनै नौलो भने हुने छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठाकुरलाई वीर अस्पताल सरुवा गरेको छ । तर, महाशाखा केन्द्र बसेर विभिन्न संघ संस्थासँग दलाली गर्न पल्केका उनीले आफ्नो चिकित्सा पेशालाई तिलाञ्जलि दिएका छन् । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ