विद्यमान नियम कानूनको पूर्ण पालना गरी वातसल्य सञ्चालनमा


काठमाडौं । वातसल्य नेचुरल आई.भि.एफ विद्यमान नियम कानुनकाे पूर्ण पालना गरि सञ्चालनमा आएको छ । वातसल्यले इजाजत लिनु पर्ने निकायबाट इजाजत लिई वा दर्ता भई संचालनमा रहेको बताएको छ ।

एक विज्ञप्ति जारी गर्दै वातसल्यले संस्था तथा संचालकको नाम जोडेर केही अनलाईन संचार माध्यमले प्रकाशित समाचारहरु प्रति संस्थाको गम्भीर ध्यानकर्षण भएको जनाएको छ।

हाम्रो यस संस्थाले विगत लामो समयबाट विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीद्धारा अन्तर्राष्ट्रिय मापदण्ड/अभ्यास अवलम्बन गरी आधुनिक प्रविधि तथा पद्धतिबाट स्त्रीरोग, प्रसुती, प्रजना तथा निःसन्तान सम्बन्धित प्रभावकारी स्वास्थ्य उपचार सेवा दिने हेतुले स्वास्थ्य क्लिनिक, आइ.भि.एफ. सेवा संचालन गरी स्वास्थ्य क्षेत्रमा नेपालकै उत्कुष्ट, उच्च सफलता दर सहित अग्रणी स्थान बनाउन सफल स्वास्थ्य संस्था हो, विज्ञप्तिमा भनिएको छ ।

०८१।०२।०८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गुणस्तर मापन तथा नियमन महाशाखाबाट मापदण्ड पुरा गरी एक स्थानका लागि सञ्चालन ईजाजतपत्र प्राप्त गरेका आ.भि.एफ. सेन्टरहरुले अन्य स्थानहरुमा शाखा स्थापना गरी सेवा सञ्चालन गरेको भनी समाचारहरु आईरहेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भनी इजाजतपत्र प्राप्त आ.भि.एफ. सेन्टरहरुलाई सो सम्बन्धमा भएको परिपत्रको सम्बन्धमा इजाजत प्राप्त संस्था कानून बमोजिम संचालन रहेको भनी जवाफ पेश भएको जानकारी गराउदछौं, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, जहाँसम्म यस वातसल्यको नाम जोडेर नेपालगञ्ज, भक्तपुर, ललितपुर, पोखरा, बुटवल, चितवन र विराटनगर संचालनमा रहेको तथा संचालनको प्रक्रियामा रहेका भनिएका स्वास्थ्य संस्थाहरु छन्, ती स्वास्थ्य संस्थाहरु आई.भि.एफ. सेन्टर नभएको समेत हामी स्पष्ट पार्न चाहन्छौं । ती स्थानमा खोलिएका स्वास्थ्य संस्थाहरु भिन्न प्रकृतिको स्वास्थ्य संस्था रहेको र ती संस्थाहरु सञ्चालनार्थ जुन जुन निकायबाट अनुमति र इजाजतपत्रहरु आवश्यक पर्छ ती निकायहरुमा दर्ता तथा इजाजत प्राप्त गरी संचालनमा रहेको तथा संचालनको चरणमा रहेको समेत जानकारी गराउदछौं ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ