माधव नेपालले ‘लात्ती हानेका’ ठाकुर झलनाथको शरणमा


काठमाडौं ।  विवादीत एवम् स्वास्थ्य क्षेत्रकै बदनाम व्यक्ति सञ्जय ठाकुरलाई माधव कुमार नेपालले लात्ती हानेका छन् । आफू माधव नेपालको खास मान्छे बताउँने र उनको आवरणमा स्वास्थ्यका मालदार अड्डा हत्याउने ठाकुर अहिले बिचल्ली परेका छन् । 

चिकित्सा पेशामा कुनै ज्ञान नभएका उनी लामो समय देखि नीतिगत क्षेत्रमा रहेर स्वास्थ्यका शाखा महाशाखामा काम गर्दै आएका छन् । पछिल्लो समय एचआइभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशक रहेका ठाकुरलाई स्वास्थ्य मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल पठाएको छ । ठाकुरको दरबन्दी पनि सोही अस्पतालमा रहेको छ । 

“पल्केको तिल्के घरी घरी मिल्के” भनेझैँ आफ्नो चिकित्सा पेशालाई तिलाञ्जली दिँदै ठाकुर महाशाखा शाखाको नेतृत्व हत्याउन लागि परेका हुन् । अहिले पनि सरुवा रोक्न उनी ५ लाखसम्म खर्च गर्न तयार देखिएको सूचना स्वास्थ्य लाइभमा आएको छ । 

ठाकुर सहित गत ११ मा १० जनाको सरुवा भएको थियो । सबै सरुवा भएको स्थानमा गएर धमाधम काम गर्न थालेका छन् । तर, ठाकुर आफैले फिल्डको टीओ स्वीकृत गरेर हिँडेका छन् । सरुवा बदर गर्न माधव कुमार नेपालको घर पुगेका उनले कुनै साथ पाएनन् । 

माधवले लात हानेपछि ठाकुर झलनाथ खनालको शरणमा पुगेका छन् । झलनाथ खनालको आफ्नै “लगौंटी” खुस्केको बेला ठाकुरको “लगौंटी” समाएर थमौती गर्देलान भन्नेमा धेरैलाई आशंका रहेको छ । बरु स्वास्थ्यमन्त्री प्रदीप यादवको नाम लिएर सल्बलाएका बिचौलियाले ठाकुरलाई थमौती गर्ने नाममा सिकार बनाउँन सक्छन् । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ