भारतका लागि राजदूतमा डा. अर्जुन कार्कीलाई पठाउने सम्भावना


काठमाडौं । सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मासहित ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको पूर्वसन्ध्यामा भारतका लागि नेपाली राजदूत डा. शर्मालाई फिर्ता बोलाउने निर्णय गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुने प्रधानमन्त्री दाहाल जाने निर्णय स्वीकृति गराएर मन्त्रिपरिषद्को बैठकले राजदूत फिर्ता बोलाइदिएको छ ।  उक्त कदमसँगै सरकारले कुटनीतिक अस्थिरता र अपरिपक्वता देखाएको विज्ञहरूको टिप्पणी छ ।

नेपाली कांग्रेस निकट डा. शर्मालाई फिर्ता बोलाएर भारतका लागि राजदूतमा नेकपा एमाले निकट डा. अर्जुन कार्कीलाई पठाउने तयारी भइरहेको स्रोतको दाबी छ । डा. शर्मा र डा. कार्की दुबै जना अमेरिकाका लागि राजदूत भइसकेका व्यक्ति हुन् । अमेरिकापछि भारत गएका डा. शर्माको पदचाप पछ्याउँदै डा. कार्की भारतको राजदूत बन्ने चर्चा सुनिन्छ ।

सरकारले भारतका डा. शर्मा, अमेरिकाका लागि राजदूत श्रीधर खत्री, बेलायतका ज्ञानचन्द्र आचार्य, स्पेनकी शर्मिला पराजुली ढकाल, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियाका डिल्लीराज पौडेल,  डेनमार्कका प्राडा रामसुरज यादव, साउदी अरेबियामा नवराज सुवेदी र इजरायलमा कान्ता रिजाल, कतारका नरेश विक्रम ढकाल र पोर्चुगलका शनिल नेपाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले उनीहरुलाई राजदूत नियुक्त गरेको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ