मनोहरा खोलाको २ अर्ब बढी पर्ने ५० रोपनी जग्गा व्यक्तिको नाममा दर्ता


काठमाडौं । मनोहरा खोलाको झन्डै ५० रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयको ६१ औं प्रतिवेदनले मनोहरा खोला जनिएको जग्गा व्यक्तिको नाममा दर्ता भएको जनाएको हो ।

२०२१ सालको नापी नक्सामा साविक दिव्यश्वरी ७ (ख) मनोहरा खोला जनिएको कित्ता नम्बर २४५ विभिन्न व्यक्तिहरुको नाममा दर्ता भएको प्रतिवेदनले औंल्याएको छ । साविक दिव्यश्वरी वडा नम्बर ७ (ख) कित्ता नम्बर २५७, २६४, २६५, २६६, २८३, २८४,  कायम भई विभिन्न व्यक्तिको नाममा दर्ता भएको देखिन्छ ।

नापीको फिल्डबुकमा कित्ता नम्बर २४५ स्पष्टसँग मनोहरा खोला भनेर स्पष्ट उल्लेख गरेको छ । तर, त्यो खोलाको जग्गा आधा दर्जन बढी व्यक्तिको नाममा पुगेको देखिन्छ । मनोहरा खोलाले धार परिवर्तन गरेपछि भूमाफियाहरुले मनोहरा खोला कर्लप्पै खाएका छन् । उक्त जग्गाको छानबिन गर्न महालेखाले सुझाव दिएको छ ।

मालपोत कार्यालय भक्तपुरबाट गायब बनाइएको छ ।  मिति २०३७-६-२०-२ को निर्णयले साविक किनं २४५ को मनोहरा खोला जनिएको जग्गा कित्ताकाट भइ कायम भएको कि.नं. २५७ पितामेश्वरी देवी शाह समेतको नाममा श्रेष्ता खडा भई हाल रामेश्वर साह, सञ्जिवप्रसाद साह, श्रीमती करुणा साह र भरत सापकोटाको नाममा रहेको छ । त्यसैगरी, किनं. २६६ रजिस्ट्रेसन नं.१३२१ मिति २०५०-६-२२ मा दण्डपाणि उपाध्यायका नाममा कायम हुन आई हाल समला खड्का, राजुमाया तामाङ, फूलमाया तामाङ समेतको नाममा कायम रहेको छ। किनं २८३ जीवनसिंह द्बारे, तेज नरसिंह द्बारेको नाममा पुगेको छ ।  कित्ता नम्बर २८४ कन्टिनेन्टल एसोसेप्ट प्रालिको नाममा रहेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ