यी हुन् वीर अस्पतालमा नाम निकाल्ने १ सय स्टाफ नर्स
काठमाडौं । वीर अस्पतालमा १ सय जना स्टाफ नर्सले जागिर खाने भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले लिएको लिखित परीक्षामा करार सेवाका लागि १ सय नर्सहरु छनौट भएका हुन् ।
वीर अस्पतालमा करार सेवाका लागि जेठ २६ गते लिएको लिखित परीक्षामा चितवनकी निमा ढकालल उत्कृष्ट भएकी छिन् । उनीसहित सय जनाले वीर अस्पतालमा जागिर खान योग्य भएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति बमोजिमको पुल दरबन्दी अन्तर्गत लोक सेवा आयोगबाट स्थायी पदपूर्ति भइ आए वा अस्पताललाई आवश्यक नभएमा स्वतः हट्ने गरी १ सय जना नर्सलाई करार सेवामा नियुक्तिका लागि सिफारिस गरिएको हो । त्यस्तै २० जना नर्सको वैकल्पिक सूचीमा नाम परेको छ ।
वीर अस्पतालको करार सेवामा ‘टप टेन’भित्र नाम निकाल्ने नर्सहरुमा चितवनकी ढकालसहित ललितपुरकी रस्मिता महत, रामेछापकी पदमकुमारी पौडेल, कालिकोटकी संगीता न्यौपाने, कञ्चनपुरकी लक्ष्मी अवस्थी, सिन्धुपाल्चोककी अस्मिता भण्डारी, धादिङकी रञ्जना नहर्की, काठमाडौंकी रोनिसा देवकोटा, कञ्चनपुरकी निसा लेखक र पर्साकी प्रशंशा पौड्याल रहेका छन् ।
यी हुन् वीर अस्पतालमा काम गर्न छनौट भएका नर्सहरु
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस