बिदाई हुनुभन्दा २ घण्टा अगाडि आनन्दमोहनको जोडबलमा न्याय परिषद् बोलाइयो, न्यायाधीशमा आफ्ना मान्छे ल्याउने खेल
काठमाडौं । ६५ वर्षे उमेर हदका कारण शुक्रबार अवकाश हुन लागेका सर्वोच्चका वरिष्ठतम् न्यायाधीश आनन्दमोहन भट्टराईले जाँदाजादै न्यायाधीश नियुक्तिमा जोडबल गरेका छन् । २ बजे उनको बिदाई कार्यक्रम तय भइसकेको छ । तर, न्यायाधीश नियुक्ति गर्ने उद्देश्यले १२ बजे न्याय परिषद्को बैठक डाकिएको हो । घर जानुभन्दा अगाडि आनन्दमोहन आफ्ना मान्छेलाई व्यवस्थापन गर्न चाहन्छन् भन्ने कुरा यो घटनाले पुष्टि गर्छ ।
आनन्दमोहनको स्वार्थमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठ लागेको सर्वोच्च अदालतभित्र चर्चा चलेको छ । जाँदाजाँदै आफ्नो स्वार्थ अनुसार खल्तीका मान्छे नियुक्ति गरेर उनी जान खोजेको बुझिन्छ । ‘राम्रो भन्दा पनि हाम्रा मान्छे नियुक्ति गरौं भनेर उहाँ लाग्नु भएको छ सर्वोच्च स्रोतले भन्यो, ‘ईश्वरप्रसाद खतिवडाको डिजाइनमा आनन्दमोहन श्रीमान जाँदाजाँदै न्यायाधीश नियुक्ति गर्ने महिहत्ते गरेर लाग्नु भएको छ । न्याय परिषद् बैठक त्यसैको कडी हो ।’,
आनन्दमोहनले भने आफूले राम्रा मान्छे नियुक्ति गरेर जान खोजेको प्रतिक्रिया दिए । उनले ‘जसले गरेपनि राम्रो मान्छे नियुक्ति गर्ने हो त्यसैलै जसले गरेपनि फरक पर्दैन’ भनेर आफ्नो कदमको बचाउ गरेका छन् । सर्वोच्च स्रोतका अनुसार आनन्दमोहनले वरिष्ठ र काबिल न्यायाधीशलाई रोकेर आफ्नो स्वार्थमा चल्नेलाई सर्वोच्चमा ल्याउन खोजेका हुन् । उनले च्यापेर हिँडेका मान्छे हेर्दा पनि त्यो कुरा प्रस्ट हुने स्रोतको दाबी छ ।
जाँदाजाँदै सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्ति गरेर दाम्लो चुडाल्न खोजेका आन्दमोहनको भनाइ र गराइ बिल्कुल फरक छ । अन्तिम समयमा उनको कदमलाई साथ दिनेहरुले पनि एकपटक सोच्नु पर्ने कुरा हो । तर, उनीहरु आनन्दमोहनसँग नतमस्तक बनेको बुझिन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस