‘गाँजा लिगलाइजसनका लागि एक महिनाभित्र कानुनी प्रबन्ध’


काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अनुसन्धानका लागि गाँजाको औषधिजन्य प्रयोगका लागि एक महिनाभित्र आवश्यक कानूनी प्रवन्ध गर्ने बताएका छन् । शुक्रबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गाँजाको औषधिजन्य प्रयोगका लागि एक महिना भित्र आवश्यक कानूनी प्रवन्ध गर्ने बताएका हुन् ।

गृह मन्त्रालयले सय दिनमा गरेको कामबारे जानकारी दिन गृहमन्त्री लामिछानेले भने, ‘औषधिजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि गाँजाको लिगलाइजसनका लागि नीति बनाउनु पर्ने छ ।त्यसका लागि एक महिनाभित्र राम्रो कानूनी प्रावधान निर्माण हुन्छ ।कानूनी प्रवन्ध हुनसाथ निश्चित क्षेत्रमा त्यसको अनुसन्धानको काम पनि शुरु गर्नेछौं।’, संसदको कृषि समितिमा पुगेर गाँजाको औषधिजन्य प्रयोगका लागि एक महिनाभित्र आवश्यक कानूनी प्रवन्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका उनले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पनि त्यहिँ कुरा दोहाऱ्याएका हुन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले विपद् व्यवस्थापनका लागि पनि देशभर आवश्यकताअनुसार कमान सेन्टर स्थापना गरी काम शुरु गरिएको पनि जानकारी गराए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ