परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको बिरालो बँधाइ सुरु, करारका कर्मचारी समेत छाडेनन्
काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी शेष्ठले बिरालो बँधाइ सुरु गरेका छन् । उनले आईतबार सवा ५ बजे सचिवदेखि करारका कर्मचारीसम्म बोलाएका छन् ।
परराष्ट्रमन्त्री श्रेष्ठले राहदानी विभागको चौथो तलमा रहेको बहुउद्देश्यीय हलमा मन्त्रालय तथा विभागमा कार्यरत कर्मचारीहरुको स्टाफ बैठक राखेका हुन् । उक्त बैठकमा मन्त्रालयको महाशाखा/ विभागमा कार्यरत सम्पूर्ण कर्मचारी (करार समेत)लाई अनिवार्य उपस्थित गराउन निर्देशन दिइएको छ ।
परराष्ट्रमन्त्री श्रेष्ठले मन्त्रालयका सहसचिव सुरेश अधिकारीमार्फत परराष्ट्र मन्त्रालयका सबै महाशाखा, राहदानी विभाग र कन्सुलर सेवा विभागका करारका समेत सबै कर्मचारी बोलाउन निर्देशन दिएका छन् । परराष्ट्र सचिव सेवा लम्साल बाहिर छिन् । उनीबाहेका कर्मचारीलाई बोलाएर परराष्ट्रमन्त्री श्रेष्ठले बिरोलो बँधाइ सुरु गरेको मन्त्रालय स्रोतले बतायो । परराष्ट्रका कर्मचारीहरुलाई बोलाएर उनले के गर्न खोजेका हुन् खुलेको छैन । तर, परराष्ट्रमन्त्री श्रेष्ठले कर्मकाण्डी कुरालाई निरन्तरता दिएको बुझिन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस