टेलिकमका एमडी भ्रष्टाचारी सुनिल पौडेलको उत्तराधिकारी बन्न मारामार


काठमाडौं ।  नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) पदमा १७ जना भिडेका छन् । नेपाल टेलिकमको एमडीका लागि १५ दिनको समय दिएर सूचनामा १७ जना प्रतिस्पर्धामा उत्रिएका हुन् ।

नेपाल टेलिकममा एमडी सुनिल पौडेल ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’ खरिदमा विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएपछि उक्त ठाउँमा नयाँ व्यक्ति ल्याउन बाटो खुला भएको छ । त्यसैले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ एमडी खोजेको हो । टेलिकमको निमित्त एमडीको जिम्मेवारी संगीता पहाडीले सम्हालिरहेकी छिन् ।

भ्रष्टाचारी सुनिल पौडेलको उत्तराधिकारी बन्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका एमडी अनिल कुमार झादेखि निमित्त एमडी संगीता पहाडीसम्म प्रतिस्पर्धामा उत्रिएका छन् । पूर्वएमडी बुद्धिप्रसाद आचार्य,  नेपाल टेलिभिजनको इन्जिनियरिङ महाशाखा प्रमुख चिन्तामणि बरालदेखि सर्वोच्च रमेशप्रसाद जोशीसम्म नेपाल टेलिकमको एमडी बन्न लागेका हुन् । पहाडी नेपाल टेलिकमको ‘बिलिङ सिस्टम’ खरिदमा बयान दिन अहिले अख्तियार धाइरहेकी छिन् ।

यस अगाडि भ्रष्टाचारी सुनिल पौडेलसँग प्रतिस्पर्धामा रहेका दुग्ध विकास संस्थानका नागेन्द्रकुमार दास, बिमल आचार्य पनि प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिस्पर्धीको सूची हेर्दा टेलिकमका एमडी भ्रष्टाचारी सुनिल पौडेलको उत्तराधिकारी बन्न मारामार देखिन्छ । तर, अनिलकुमार झा र डा. बिमल आचार्यमध्ये एकजना नेपाल टेलिकमको एमडी बन्ने सम्भावना छ । झा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सोझै पहुँच भएका व्यक्ति हुन् ।

नेपाल टेलिकमको एमडी बन्न चाहना राख्नेहरु

१) श्री राजेस जोशी

२) श्री अनन्त प्रकाश मल्लिक

३) डा. बिमल आचार्य

४)श्री संगीता पहाडी

५) श्री प्रेमप्रसाद सिलवाल

६) श्री चिन्तामणी बराल

७) श्री कृष्णप्रसाद भण्डारी

८)श्री अनिलकुमार झा

९) डा. शालिग्राम पराजुली

१०) श्री लक्ष्मण महर्जन

११) श्री सुबास साह

१२) श्री नागेन्द्र कुमार दास

१३) श्री केदारनाथ कोइराला

१४) श्री कमल लामिछाने

१५) श्री रमेशप्रसाद जोशी

१६) श्री सालिकराम सुवेदी

१७) श्री बुद्धिप्रसाद आचार्य

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ