शनिबार अनामनगरमा निःशुल्क दन्त तथा आँखा शिविर

काठमाडौं । अनामनगरस्थित सामाजिक विकास चोकमा निःशुल्क दन्त तथा आँखा शिविर हुने भएको छ ।मानस डेन्टल हेल्थ सेन्टर प्रालि र एससजी आँखा हेरचाह स्वास्थ्य सेवा प्रालिसँगको सहकार्यमा निःशुल्क दन्त तथा आँखा शिविर सञ्चालन गर्न लागिएको हो । साथै रक्त दान कार्यक्रम पनि राखिएको छ ।
अनामनगरस्थित सामाजिक विकास समाज, राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान, देउराली बचत तथा ऋण सहकारी संस्था र लायन्स क्लब रामेछापको संयुक्त आयोजनामा रक्तदान साथै निःशुल्क दन्त तथा आँखा शिविर हुने भएको हो । २०८१ असार ८ गते शनिबार बिहान ११ बजेदेखि ४ बजेसम्म रक्तदान र निःशुल्क दन्त तथा आँखा शिविर हुने आयोजक संस्थाहरुले जनाएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस