लोकदर्शन रेग्मीलाई भारतको राजदूत बनाउने तयारी, शर्मिलाले ह्याट्रिक हान्दै


काठमाडौं । प्रशासनिक क्षेत्रमा चतुर खेलाडी पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई भारत लागि राजदूत बनाउने तयारी भएको छ । बेलायतको राजदूत बनेर मुख्यसचिवमा शंकरदास बैरागीलाई ल्याउने बाटो खोलिदिएका रेग्मी नेकपा एमालेको कोटाबाट राजदूत बन्न लागेका हुन् ।

राजनीति र कुटनीतिक पृष्ठभूमिका डा. राजन भट्टराई, डा. अर्जुनकुमार कार्कीलगायतका दर्जनौं व्यक्ति एमालेमा हुँदाहुँदै कांग्रेस नेतृ आरजु राणा देउवालाई खुसी पारेर गृह सचिव र मुख्यसचिव बनेका उनै रेग्मीलाई एमालले भारतको राजदूत पठाउन लागेको हो ।

आरजुलाई खुसी पारेर निजामती सेवा र मुख्यसचिवको ट्रयाक रेकर्ड बिगारेका रेग्मीलाई ओलीले भारतका लागि राजदूत बनाउन जोड दिनु रहस्यको विषय बनेको छ । उनीलाई मुख्यसचिव बनाउनका लागि तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीलाई राजीनामा गराएर एसियाली विकास बैंकको कार्यालय मनिला पठाइयो । त्यसपछि धनबहादुर तामाङहरुलाई रोकेर राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्यसचिव बनाइयो अनि मुख्यसचिव बनेका रेग्मीले बैरागीलाई ठाउँ छाडेर बेलायतको राजदूत बने । बैरागीले पनि उनकै सिको गर्दै बीचैमा बैकुण्ठ अर्याललाई मुख्यसचिव हुने बाटो खोलिदिए ।

भारतको राजदूत बन्न दौडधुपमा लागेपछि आरजुका प्रिय पात्र लोकदर्शन ओलीका प्यारा कसरी बने भन्ने विषय चर्चामा आएको छ । यता ओमन र स्पेनको राजदूत भएकी शर्मिला पराजुली ढकाल बेलायत वा अन्य शक्तिशाली देशको राजदूत बन्ने कसरतमा छिन् । उनलाई एमाले र एमाओवादी दुबै दलको समर्थन देखिन्छ । युवराज खतिवडा अमेरिका र दावाफुटी शेर्पा स्पेनको राजदूत हुन लागिपरेकी छिन् । लोकदर्शन भारतको राजदूत बन्न लागेपछि नियुक्ति विवादमा तानिने सम्भावना बढेको छ । एउटै व्यक्ति सबैको साझा कसरी बन्न सक्छ भन्ने कुरा लोकदर्शनलाई हेरे पुग्छ ।

बेलायतको राजदूत बन्दा माखो नमारेका लोकदर्शनले भारत राजदूत कसरी चलाउँछन् भनेर परराष्ट्रका अधिकारीले प्रश्न गर्न थालेका छन् । देशको प्रतिष्ठा र सम्बन्ध उचाइँमा पुऱ्याउने उद्देश्यले राजदूत बनाउने हो तर उनीबाट त्यो अपेक्षा गर्न नसकिने ती अधिकारीहरुको दाबी छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ