सञ्जय ठाकुरलाई मधेश प्रदेशबाट लखेट्ने तयारी
काठमाडौं । विवादास्पद र भ्रष्ट छविका चिकित्सक डा. सञ्जय ठाकुरलाई मधेश प्रदेश स्वास्थ्य मन्त्रालयकाे सचिव नियुक्त गरेपछि विवाद उब्जिएको छ ।
तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई प्रदेश सचिवमा सिफारिस गर्न सामान्य प्रशासन मन्त्रालयमा दबाब दिएका थिए । तर, मुख्यमन्त्री आफै पदच्युत भएपछि ठाकुरकाे बिचल्ली भएको छ ।
प्रदेशमा ११ तहका ७ जना चिकित्सक छन् । नवाैं र दशाैं तहका ३० जना स्वास्थ्यकर्मी छन् । बाघले खाएर नसक्ने जनशक्ति हुँदाहुँदै संघबाट भ्रष्ट र बदनाम छविका व्यक्ति सचिवमा पठाएपछि प्रदेश अछुताे रहनबाट जाेगाउन कर्मचारी लागेका छन् ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले समेत उनलाई समर्थन गरेका छैनन् । बिगतमा पनि ठाकुर बसेका अधिकांश स्थानमा सरुवा हुँदा हर्ष र उल्लासमा ‘बाेका काट्ने’ गरिएको थियाे ।
बिरामी समेत राम्रोसँग जाँच्ने ढंग नभएका ठाकुरलाई कमिसन पाउने लाेभमा स्वास्थ्यका मालदार अड्डा दिने गरिएको छ । पछिल्लाे समय राष्ट्रिय एड्स तथा याैन राेग नियन्त्रण केन्द्रबाट वीर अस्पताल सरुवा गरिएको थियाे ।
वीरमा बिरामी जाँच्नु पर्ने भएपछि उनी फेरि शक्ति केन्द्र धाएर शाखा महाशाखा बस्न दाैडिएका छन् । माधवकुमार नेपालकाे नाम बेचेर दलाली गर्दै सचिव हुन पुगेका उनलाई यसपटक मधेसबाटै लखेट्न तयारी भएको पाइन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस