पूर्वस्वास्थ्य सचिव घिमिरे अमेरिकाको राजदूतमा सिफारिस, भारतमा रेग्मी र बेलायतमा पन्त


काठमाडौं । पूर्वस्वास्थ्य सचिव चन्द्र घिमिरे अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले घिमिरेलाई अमेरिकाको राजदूतमा सिफारिस गरेको हो । लोकदर्शन रेग्मी र शंकरदास बैरागीबीच अप्राकृतिक साँठगाँठ हुँदा मुख्यसचिव बन्न बञ्चित भएका घिमिरे अमेरिकाको राजदूतमा सिफारिस भएका हुन् । उनलाई मुख्यसचिव हुनबाट बञ्चित गर्ने लोकदर्शन रेग्मी पनि भारतको राजदूतका लागि सिफारिस भएका छन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले बेलायत राजदूत बनाएका रेग्मी कार्यकाल पूरा नहुँदै फिर्ता बोलाइएका थिए । उनै रेग्मीलाई फेरि ओलीको जोडबलमा भारतको राजदूतामा सिफारिस गरिएको हो । परराष्ट्रका अधिकारीहरु रेग्मीलाई अंग्रेजीको दक्षतामाथि प्रश्न गर्ने गर्छन् । लोकसेवा घोकेर जागिर खाएका रेग्मीले अंग्रेजी लेख्न त परै जाओस् सरकारको नीति निर्देशन समेत बोलेर सञ्चार गर्न नसक्ने परराष्ट्रका अधिकारीहरु ठोकुवा गर्छन् । यसले नेपाल-भारत सम्बन्धमा कुनै उपलब्धि परराष्ट्रका अधिकारीहरुको टिप्पणी छ ।

बेलायतका लागि नेपाली राजदूतमा डा. विजन पन्त सिफारिस भएका छन् । तत्कालीन प्रधानमन्त्री शुशील कोइरालाका सामाजिक तथा विकास मामिला सल्लाहाकार पन्तलाई माओवादीको कोटाबाट बेलायतको राजदूतमा सिफारिस गरिएको हो ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार डा. शुशील प्याकुरेल दक्षिण कोरियाका र पद्यरत्न तुलाधरकी छोरी लागि सुम्निमा तुलाधर डेनमार्कको राजदूतमा सिफारिस भएकी छिन् । स्पेनमा पुष्पराज रञ्जितकार, मलेसियामा नेत्रप्रसाद तिमल्सिना र साउदी अरबमा अबुसुफ्यान खान राजदूतका लागि सिफारिस  भएका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ