अनामनगरको सामाजिक विकास समाजमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ३ सय बढीले सेवा लिए
काठमाडौं । अनामनगरस्थित सामाजिक विकास समाजमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ३ सय बढीले सेवा लिएका छन् । मानस डेन्टल हेल्थ सेन्टर प्रालि र एससजी आँखा हेरचाह स्वास्थ्य सेवा प्रालिसँगको सहकार्यमा सञ्चालित निःशुल्क दन्त तथा आँखा शिविर ३ सय बढीले सेवा लिएका हुन् ।
सामाजिक विकास समाज, देउराली बचत तथा ऋण सहकारी संस्थालगायतको आयोजनमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा साढे २ सय जनाले दाँत र आँखा देखाएका छन् । त्यस्तै ६० जना व्यक्तिहरु रक्तदान कार्यक्रममा सहभागी भए ।
बागमती प्रदेशका पूर्वमन्त्री दिपेन्द्र श्रेष्ठले उद्घाटन गरेको उक्त निःशुल्क स्वास्थ्य शिविर भव्य र सफलतापूर्वक सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ । यो क्रमलाई निरन्तरता दिने देउराली बचत तथा ऋण सहकारी संस्था रक्षबहादुर रैकाले जानकारी दिए ।
अनामनगरस्थित सामाजिक विकास समाज र देउराली बचत तथा ऋण सहकारी संस्थाका साथै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान र लायन्स क्लब रामेछापको संयुक्त आयोजनामा उक्त निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन भएको हो । रक्तदान साथै निःशुल्क दन्त तथा आँखा शिविरमा सयौं स्थानीय लाभान्वित भएका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस