स्वास्थ्यका शाखा महाशाखा प्रमुखका लागि ‘भ्याकेन्सि’ खुला !


काठमाडौं । स्वास्थ्यतथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा काम गर्ने सह सचिवहरुकाे खाेजी सुरु भएको छ । स्वास्थ्य सेवा विभागदेखि मन्त्रालयका शाखा महाशाखामा काम गर्ने क्षमतावान कर्मचारीको खाेजी सुरु भएको हाे ।

स्वास्थ्य मन्त्रालयले खरिदार देखी सहसचिवसम्म पुरै सेट नयाँ खडा गरिसकेकाे छ । तर, स्वास्थ्यतर्फकाे परिवर्तन हुन बाँकी रहेकाे छ । असार मसान्तसम्म पुरानालाई काम गर्न दिने र त्यसपछि परिवर्तन गरिने अधिकारीहरुले बताएका छन् ।

अहिले देशभर काम गर्न सक्ने र महाशाखा शाखामा बस्ने याेग्य व्यक्तिको खाेजी सुरु भएको छ । लामाे समयदेखि एउटा शाखा महाशाखामा बस्दा राम्रो सन्देश बाहिर नजाने भन्दै मन्त्रालयले नयाँ सहसचिवहरुकाे ‘भ्याकेेन्सी’ खुला गरेकाे हाे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ