अख्तियारले मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ला ?

मुख्यसचिव अर्यालविरुद्ध विकल पौडेल जोडिएको घोटालामा आजै भ्रष्टाचार मुद्दा दर्ता हुने सम्भावना


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी थालेको छ । अख्तियार स्रोतले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी भइरहेको बतायो ।

अख्तियारले मुख्यसचिव अर्यालविरुद्ध विकल पौडेल जोडिएको सुरक्षण मुद्रण केन्द्रले गरेको अन्तःशुल्क स्टिकर छपाइ घोटालामा भ्रष्टाचार मुद्दा दायर गर्न लागेको हो । त्यस्तै टेरामक्स पनि मुद्दा जाने निश्चित जस्तै छ । उनीविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरिसकेको स्रोतको दाबी छ । सम्भवतः आईतबार नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको तयारी बुझिन्छ ।

अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भए बहालवाला मुख्यसचिवमाथि  नेपालको इतिहासमै पहिलोपटक भ्रष्टाचार मुद्दा दायर हुनेछ ।अख्तियारले अर्यालविरुद्ध आधा दर्जन बढी अनियमिततामा अनुसन्धान गरिरहेको छ । मुख्यसचिव अर्याललाई अख्तियार धाउनु अहिले पानीपँधेरो जस्तो भएको देखिन्छ । ठूल्ठूला भ्रष्टाचारका काण्डमा मुछिएका उनै मुख्यसचिव अर्यालमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको तयारी छ ।

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ