स्वास्थ्य लाइभ प्रभाव

बहालवाल मुख्यसचिवविरुद्ध नेपालकै इतिहासमा पहिलोपटक भ्रष्टाचार मुद्दा दायर

मुख्यसचिव डा. अर्यालसहित केही उच्च अधिकारी पनि भ्रष्टाचारमा डामिए


काठमाडौं । बहालवाल मुख्यसचिवविरुद्ध पहिलोपटक भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।  अख्तियारले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित ११ जनालाई प्रतिवादी बनाएको छ । अख्तियारले उनीहरुविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबी गरेको छ ।

बहालवाल मुख्यसचिवविरुद्ध नेपालकै इतिहासमा पहिलोपटक भ्रष्टाचार मुद्दा दायर भएको छ । विकल पौडेलका संरक्षक मुख्यसचिव डा. अर्याल नराम्रोसँग भ्रष्टाचारमा डामिएका छन् ।

अन्त:शुल्क स्टिकर खरिद घोटालामा मुख्यसचिव अर्यालसहित सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, तत्कालीन आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्य र उपमहानिर्देशक टंकप्रसाद पाण्डेविरुद्ध सार्वजनिक संस्थाको सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । शाक्य अहिले अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख छन् भन पाण्डे भन्सार विभागको उपमहानिर्देशक पदमा कार्यरत छन् ।

यस्तै आन्तरिक राजश्व विभागका निर्देशक गणेश विक्रम शाही, सूचना प्रविधि केन्द्रका निर्देशक सफल श्रेष्ठसहित शाखा अधिकृत रविन्द्रप्रसाद पौडेल र हरिवल्लभ घिमिरे तथा लेखा अधिकृत विष्णुप्रसाद गौतमलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।  खरिद परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्ट सेल प्रालिका निर्देशक केशव शर्मा, प्रिट सेल प्रालि कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ ।

सञ्चार तथा सूचना प्रविधि सचिव हुँदा सुरक्षण मुद्रण विकास समितिको अध्यक्षको हैसियतमा मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । मुख्यसचिव अर्यालविरुद्ध अन्त:शुल्क स्टिकरसहित, टेरामक्स, बिलिङ सिस्टमलगायतका अनियमिततामा अख्तियारले अनुसन्धान गरिरहेको छ ।अन्त:शुल्क स्टिकरबाट मुख्यसचिवविरुद्ध फायर खोलेको अख्तियारले थप मुद्दा पनि अघि बढाउने तयारी गरेको छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #अन्त:शुल्क स्टिकर घोटाला, #मुख्यसचिव डा. बैकुण्ठ अर्याल, #रितेशकुमार शाक्य अर्थ मन्त्रालय बजेर तथा कार्यक्रम महाशाखा प्रमुख, #विकल पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ