मक्काबाट फर्केका एक व्यक्तिमा मेनिन्गोकोकल पुष्टि भएपछि नेपालमा सतर्कता
काठमाडौं । साउदी अरबकाे मक्काबाट फर्केका एक तीर्थयात्रीमा मेनिन्गोकोकल रोग देखा परेेपछि नेेेपालले सतर्कता अपनाएको छ । हालै तीर्थबाट फर्केका आफ्ना एक नागिरकमा मेनिन्गोकोकल रोग देखा परेको भन्दै माल्दिभ्स सरकारले रिपोर्ट गरेपछि नेपालले उच्च सतर्कतासहित आकस्मिक बैठक राखेको छ ।
माल्दिभ्सले मेनिन्गोकोकल रोगकाे पहिलो केस पुष्टि गरेको छ । हेल्थ प्रोटेक्शन एजेन्सी (HPA) ले मंगलबार टापु राष्ट्रमा रोग पत्ता लागेको पुष्टि गरेेकाे हाे । नेपालबाट पनि सात सय बढी नागरिक मक्का गएका छन् ।
माल्दिभ्समा मेनिन्गोकोकल रोगको एउटा केस पत्ता लागेकाे घोषणा गरेपनि अन्य विवरणहरू खुलासा गरेकाे छैन । मुस्लिमहरूको पवित्र सहर मक्कामा बर्सेनि ठूलो सङ्ख्यामा मुस्लिमहरूले हजयात्रा गर्ने गर्छन् । आर्थिक र शारिरिक रूपमा सक्षम सबै मुस्लिमहरूले आफ्नो जीवनकालमा कम्तीमा एकपटक उक्त तीर्थयात्रा गर्नुपर्ने बताइन्छ। साेही कारण नेपालबाट पनि हरेक वर्ष ठुलाे संख्यामा नागरिक जाने गर्छन् । साउदी अरबका अनुसार यस वर्ष १८ लाख मानिसहरूले हज गरेका थिए। यहि भिडमा उक्त राेेग फैलिएको अनुुमान लगाइएको छ ।
मेनिन्गोकोकलले मस्तिष्क वरपरका तन्तुहरूमा गम्भीर असर निम्त्याउँछ, जसलाई मेनिन्जाइटिस पनि भनिन्छ । रक्तप्रवाहमा संक्रमण, मेनिन्गोकोकल सेप्टिसिमिया वा मेनिन्गोकोसेमिया, र निमोनिया पनि भनिन्छ यसले गम्भीर फोक्सोको संक्रमणको दुर्लभ घटनाहरू पनि निम्त्याउँछ ।
अधिकारीहरुका अनुसार मेनिन्गोकोकल ब्याक्टेरिया रगतको स्थानान्तरण, श्वासप्रश्वास प्रणालीबाट, खोक्दा, हाछ्युँ गर्दा, नजिकै बस्ने वा घनिष्ठ हुने माध्यमबाट फैलिन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस